काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नभएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’
उनले कुनै गल्ती नगरेकैले आफू ढुक्कले बोल्ने गरेको पनि बताए । ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर । म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु’, ओलीले भने, ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् । माकुराको जालोमा भैँसी पर्दैन ।’
अध्यक्ष ओलीले ठुलठुला भ्रष्टाचारका काण्ड ओझेलमा पार्न एमाले र आफूतिर दोष लगाउने गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । केही दिनअघि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले केपी ओली एक वर्षभित्र जेल जाने दावी गरेका थिए । ओलीले चौधरीको नाम नलिई उनैप्रति सङ्केत गर्दै आफूले कुनै पनि निर्णय कानुनविपरित नगरेकाले नफस्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी