काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ । सभामुख देवराज घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम तोकेका हुन् । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन । दलहरुबीच संसदीय समितिमा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।
एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ । समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो
निर्वाचन नेपालको कमाइ फेसबुकको
निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी