काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब एक महिना संसद्मा भएको अवरोधबारे प्रश्न उठाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले रास्वपाका सभापति लामिछानेले संसद् बन्द गराएकोबारेमा प्रश्न उठाएका हुन्।
‘यतिका दिनसम्म संसद् किन बन्द भयो ?कसले बन्द गरायो ?,’ उनले जवाफ माग्दै सोधे। लामिछानेले अब संसद्मा अवरोध नगरी सार्वजनिक महत्त्वका विषय, संकटग्रस्त अर्थतन्त्र, निजामती र शिक्षा ऐनमा छलफल हुनुपर्ने बताए।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटारको ललितानिवास हिनामिना प्रकरणमा छानबिन भइरहँदा प्रहरी अधिकारीको सरुवा हुनुमा गम्भीर शंका व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा