हट्यो सदनको अवरोध, आयोग गठन गर्ने सहमतिबारे सदनलाई जानकारी

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १६ : १८
हट्यो सदनको अवरोध, आयोग गठन गर्ने सहमतिबारे सदनलाई जानकारी

काठमाडौं । एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दलीय सहमतिबारे सदनलाई जानकारी गराएका छन् । उनले सरकारको तर्फबाट सदनलाई जानकारी गराएका हुन् । 

बुधबार बसेको राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । यसपछि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले उक्त सहमतिबार सदनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस