कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ०६ : ०७
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौ । आज देशभरको मौसम सामान्य बदली रहनेछ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू  र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी , गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रिय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस