काठमाडौं । सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो ।
मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त उपसूचक (२.२१ प्रतिशत) का लगानीकर्ताले कमाएका छन् । मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसमा ९.९८ प्रतिशतको वृद्धि भएको हो । इङ्वा हाइड्रो, माइखोला हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोसहितको धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स डिभेञ्चर, वीन नेपाल लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार