वीर अस्पताल रङरोगन: धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०८ : ३२
वीर अस्पताल रङरोगन: धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल

वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको थियो । सरकारले पनि फाउन्डेसनलाई ७० लाख दिने निर्णय गरेको थियो । सोहीअनुसार फाउन्डेसनले ६९ लाख ८६ हजारको बिल पेस गरेको हो ।

वीर अस्पताल फोहोर भएको भन्दै फाउन्डेसनले २३ वैशाखमा १५ दिने सरसफाइ अभियान सुरु गरेको थियो । सरसफाइका लागि पुगेका उनीहरूले करिब ढेड महिना बसेर अस्पतालमा रङरोगनसमेत गरेका थिए । सरसफाइबारे खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टरमा १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेको खेम्स क्लिनिङका संयोजक खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूतका नाताले धुर्मुस–सुन्तली स्वःस्पूmर्त रूपमा अभियानमा सहभागी भएका थिए । तर, सरसफाइ गर्दै गएपछि उनीहरूले वीर सफाइको नाममा फाउन्डेसनका लागि सहयोगको आह्वानसमेत गरेका थिए । सो आह्वानबाट धुर्मुस–सुन्तलीले २९ लाख ९२ हजार ६ सय ७४ रुपैयाँ संकलन गरी सरकारलाई बुझाएको पत्रमा उल्लेख छ ।

सरकारद्वारा मागेजति अनुदान
वीर अस्पताल रङरोगनका क्रममा करिब ७० लाख अपुग भएको फाउन्डेसनले जनाएपछि सरकारले १० साउनमा मागेजति रकम दिने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट उपलब्ध गराउने जनाएको थियो ।

कहाँ कति खर्च ?
ज्याला खर्च ४३,२२,४००
खाना–खाजा खर्च (मिस्त्री र स्वयंसेवक) १५,०१,२८०
रङ खर्च ३९,६१,३७२
यातायात, फोन, पानी (बिजुली तथा प्लम्बिङका सामानसमेत) १,९३,९५२
जम्मा लागत ९९,७९००४
अनुदान प्राप्त २९,९२६७४
आवश्यक रकम ६९,८६,३३०

प्रतिक्रिया दिनुहोस