काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन्।
पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नु पर्दा एमाले छट्पटिएको बताए।
एमालेले जे सुकै विषयमा अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसद्लाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए।
‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ, उनले भने, ‘तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा