रसुवागढी नाकाबाट १ करोड ८९ लाखभन्दा बढी मूल्यको सुनसहित १ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, १३ : १०
रसुवागढी नाकाबाट १ करोड ८९ लाखभन्दा बढी मूल्यको सुनसहित १ जना पक्राउ

रसुवा । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताए ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं ‘, उनले भने ।

प्रतिक्रिया दिनुहोस