काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा निर्णयकर्ता सबैको बयान लिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा फेसबूकमार्फत धारणा राख्दै रविले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई कसैको आदेश नसुन्न र पूर्व प्रधानमन्त्रीहरूको बयान लिएर मात्र फाइल पेश गर्न आग्रह गरेका हुन् ।
‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानविनाको अपूरो अधुरो फाइल पेश नगरोस्,’ लामिछानेले लेखेका छन्, ‘गृहमन्त्रीज्यू केही त गडबड छ ! ठूलै गडबड छ।’
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान नलिई सीआईबीले फाइल सरकारी वकिललाई बुझाउने तयारी गरिरहेका बेला रविले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट