मेस्सीको कप्तानीमा इन्टर मियामी च्याम्पियन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, ११ : ३७
मेस्सीको कप्तानीमा इन्टर मियामी च्याम्पियन

काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

टेन्नेसेस्थित गोएडिस पार्कमा भएको फाइनलमा इन्टर मियामीले नासभिललाई सुटबउटमा १०-९ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।

कप्तान मेसीले २३औं मिनेटमा सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे । नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् । नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा उनले गोल गरे । लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।

उनले चार खेलमा एक/एक र तीन खेलमा समान दुई/दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस