पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, ०९ : ५७
पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

काठमाडौ । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित २ जनालाई पक्राउ गरेको छ।

संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो। 

हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। 

उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ७.६५ मिमि पेस्तोल एकथान, म्यागजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 उनीहरुबाट ११ हजार ६८० रुपैयाँ, भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएका छन्। सबै सामानसहित कारबाहीका लागि उनीहरुलाई राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस