काठमाडौ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद चुलिँदै गएको छ । पार्टीको विधानभन्दा पनि व्यक्ति केन्द्रित गतिविधिहरू बढ्दै जाँदा संस्थापन र संस्थापनइतर समूहबीच मतभेद चुलिँदै गएको हो ।
कांग्रेसको केन्द्रीय समितिमा संस्थापन पक्षको सहज बहुमत रहेकाले संस्थापनइतरका शेखर कोइराला–गगन थापा समूहको कुनै पनि एजेन्डालाई संस्थापन पक्षले ग्रहण नगर्ने तर उक्त समूहले आफ्ना एजेन्डाका बारेमा पार्टीका बैठकदेखि हरेक सार्वजनिक कार्यक्रममा निरन्तर उठाइरहँदा नेताहरूबीचको सम्बन्धमा सुधार आउन नसकेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।
एक वर्षपछि गत साउन २ गतेदेखि ८ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकपछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने अपेक्षा राखेका अधिकांश कार्यकर्ताहरूले आशा गर्न सक्नेगरी पार्टीले निर्णय गर्न नसकेको केन्द्रीय सदस्य मधु आचार्यले बताए । नेपाल समाचारपत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ भदौ २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?