काठमाडौ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद चुलिँदै गएको छ । पार्टीको विधानभन्दा पनि व्यक्ति केन्द्रित गतिविधिहरू बढ्दै जाँदा संस्थापन र संस्थापनइतर समूहबीच मतभेद चुलिँदै गएको हो ।
कांग्रेसको केन्द्रीय समितिमा संस्थापन पक्षको सहज बहुमत रहेकाले संस्थापनइतरका शेखर कोइराला–गगन थापा समूहको कुनै पनि एजेन्डालाई संस्थापन पक्षले ग्रहण नगर्ने तर उक्त समूहले आफ्ना एजेन्डाका बारेमा पार्टीका बैठकदेखि हरेक सार्वजनिक कार्यक्रममा निरन्तर उठाइरहँदा नेताहरूबीचको सम्बन्धमा सुधार आउन नसकेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।
एक वर्षपछि गत साउन २ गतेदेखि ८ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकपछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने अपेक्षा राखेका अधिकांश कार्यकर्ताहरूले आशा गर्न सक्नेगरी पार्टीले निर्णय गर्न नसकेको केन्द्रीय सदस्य मधु आचार्यले बताए । नेपाल समाचारपत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ भदौ २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र