नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, ११ : ४०
नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस