काठमाडौ । तेह्रथुममा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।
शनिबार बिहान म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लाग्दा स्थानीय ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक राजन चापागाईंका अनुसार बिहान उठेर घरको मूलढोका खोल्ने क्रममा वृद्धालाई करेन्ट लागेको थियो।
करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु