काठमाडौ । उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका- १३ भातीखर्क घर भई हाल त्रियुगा- ११ पिजीचोक बस्ने ३५ वर्षीया अनिता खड्काको स्थानीय जंगलमा खाँस काट्न रुखमा चढेको बेला लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई घाँस काट्न गएकी खड्का हाडेको रुखमा चढेको बेला हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन्।
तत्कालै स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
खड्काको शवलाई जिल्ला अस्पतालमा परीक्षण गर्ने तयारी भइरहेको जिप्रका उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते