काठमाडौं। रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । जसबाट ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए । एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरु छात्रवृत्तिमा छनोट भएको कम्पनीले जनाएको छ ।
छात्रवृत्तिको प्रथम पुरस्कार पाउनेमा ईशान्त कुमार मिश्र, दोस्रोमा अंशु कुमारी र तेस्रोमा रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुमा शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ को आवेदन