कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १६ : २३
कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडौँ। कोका–कोलाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना गरेको छ ।ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्र्ड’सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत गरिएको थियो ।

 

पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको थियो ।कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको कार्यक्रममा अनुष्का श्रेष्ठ, सीईओ/को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब र स्नेहा श्रेष्ठ कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपालसहित तीन प्यानेलिस्टहरू रहेका थिए ।

 

कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो ।उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस