काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने घोषणा गरेका छन् । गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
ब्लड प्रेसरमा कमी आएपछि उनी उपचारका लागि भर्ना भएका थिए । तिन दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए ।नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार बोल्ने क्रममा उपचार खर्चको कुरा गुरुङले उठाए । उपचार गरी फर्केपछि सरकारी अधिकारी उपचार खर्च लिन सुझाव दिएपनि सरकारी खर्च नलिने प्रतिबद्धता उनले गरे ।
उपचारपछि सरकारी कर्मचारीले आफूलाई दिएको सल्लाहबारे गुरुङले भने,‘उपचारमा त ठूलै खर्च भयो होला । तपाई आफैँ मन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद्बाट खर्च लिँदा भइहाल्छ नि भन्ने सुझावहरू आए ।’
जबसम्म गरिबभन्दा गरिब नेपालीहरूलाई निःशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च नलिने प्रतिबद्धता उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन