भ्रष्टहरूको धम्कीबाट डराउदैनौं, बरु सरकार छाड्न तयार छौं : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, ११ : ४९
भ्रष्टहरूको धम्कीबाट डराउदैनौं, बरु सरकार छाड्न तयार छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ुभच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उद्घोष गरेका छन् ।

मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्। ‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस