रुकुम पश्चिममा सडेको अवस्थामा भेटिए दुई शव

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, ०९ : १७
रुकुम पश्चिममा सडेको अवस्थामा भेटिए दुई शव

काठमाडौ । रुकुम पश्चिममा सडेको अवस्थामा दुईवटा शव फेला परेको छ। दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई शव भेटिएका हुन्। 

सडिसकेको अवस्थामा फेला परेका दुबै शव पुरुषको भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

ती शव मुसीकोट नगरपालिका–११ का ५९ वर्षीय पिताराम नेपाली र आठबिसकोट नगरपालिका–६ झोडेनीका आसे बोहराको भएको श्रेष्ठले बताए। 

नेपालीको शव स्थानीय सिस्नेखोलीको जंगलमा भेटिएको हो। पारिवारिक स्रोतका अनुसार गएको साउन १७ गतेदेखि उनी वेपत्ता थिए। उनको मृत्युको कारण खुलेको छैन।

त्यसैगरी बोहराको मृत्युको कारण पनि खुलेको छैन। दुबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस