काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.३१ अंकले घटेर दुई हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ६७ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.०६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडकोे भएको छ । यस कम्पनीको आज ८ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से ९ दशमलव ५४ अङ्कले घट्यो
नेप्से बिहीवार १९ दशमलव ५६ अङ्कले घट्यो
१४ दशमलव ८१ अङ्कले घट्यो नेप्से, २ अर्ब १० करोडको कारोबार
१७ दशमलव ३० अंकले घट्यो नेप्से
१० दशमलव १४ अङ्कले बढ्यो नेप्से, २ अर्ब ३५ करोडको कारोबार
नेप्सेमा उच्च अङ्कको गिरावट