सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, ११ : १२
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।                                  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ रहेको छ ।                    

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस