काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आफ्ना पालामा भएको नियुक्ति नयाँ सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका छन् ।
मङ्गलवार बसेको प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै एमाले गण्डकी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री अधिकारीले आफ्नो पालामा भएका नियुक्तिहरू अहिलेको सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका हुन् ।
अधिकारी नेतृत्वको सरकारले गरेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव नियुक्ति गर्ने निर्णय सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले खारेज गरेको थियो । वीरेन्द्र खड्कालाई सदस्य सचिव नियुक्त गरेको निर्णय उल्टाउँदै नयाँ सरकारले श्रीधर शर्मालाई नियुक्त गरेको थियो ।
उनले प्रदेशसभा सदस्यका क्षेत्रमा भएका कामबारे सम्बन्धित सदस्यलाई नै जानकारी नभएको भन्दै जिकिर गरे । एमालेलाई लेखा समितिको मात्र नेतृत्व दिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे । एमालेले दुई समिति सभापतिमा दाबी गर्दै आएको थियो ।
प्रदेशका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालन हुने वातावरण बनाउन सरकारसँग पूर्वमुख्यमन्त्री अधिकारीले माग गरे । ‘ती उद्योगले हामीलाई गिज्याइरहेका छन् । शीघ्र सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने । लम्पी स्किनले किसान आहात भएको भन्दै उनले सङ्कट घोषणा गरी तत्काल विशेष राहत दिन सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै