काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो ।प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका नियमित प्रस्तावसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुने बताइएको छ ।
आज गृहतर्फ केही सहसचिव(सिडिओ)को सरुवा गर्न सक्ने बुझिएको छ । मन्त्रालय अन्तर्गतको हकमा गृहले नै व्यवस्थापन गर्ने भएपनि बाहिरबाट मिलान भएको अवस्थामा भने मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउनु पर्ने हुन्छ ।
यता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सूची भने आज पेस गर्न नभ्याउन सक्ने सम्भावना देखिएको स्रोतको भनाई छ । ‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रशासन सिंहदरवार उच्च स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत