काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो ।
म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ ।
हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ । थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार