हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १३ : ५३
हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट सम्झौता

काठमाडौं। हिमालयन बैंक लिमिटेड र तायो इको रिसोर्ट प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंकका ग्राहकहरूले तायो इको रिसोर्टमा विशेष छुट प्राप्त गर्नेछन् ।

शान्तीडाँडा नगरकोटमा अवस्थित रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बैंकका ग्राहक तथा कार्डवाहकहरूले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।बैंकले दिएको जानकारीअनुसार छुट प्राप्तिका लागि बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गनुपर्नेछ ।

 

बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानमा प्राप्त गर्न सक्ने छुटहरूका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने बैंकले जनाएको छ ।