काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे ।
चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना
राष्ट्रपति पौडेलले गरे उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव
मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र सवर्द्धन गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव