काठमाडौ । तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग खण्ड पुनः अवरुद्ध बनेको छ ।
सोमबार बिहान म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित राजमार्ग सडक खण्डमा पहिरो खसेको हो ।
अबिरल बर्षासँगै सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, बिपत् व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसगँ आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ ।
सो क्षेत्रमा सडक विस्तार भइरहेकाले पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध