एजेन्सी । पाकिस्तानको कार्यबहाक प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।
पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात हिजो हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनियताको सपथ गराउने छन् ।
अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।
हिजो कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो । अब उनले पाकिस्तानको संविधानअनुसार संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छ ।
अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु