एजेन्सी । पाकिस्तानको कार्यबहाक प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।
पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात हिजो हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनियताको सपथ गराउने छन् ।
अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।
हिजो कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो । अब उनले पाकिस्तानको संविधानअनुसार संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छ ।
अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला