इस्लामबाद। पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ । अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्।
यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए। इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।
बलुचिस्तानका अनवरुल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।
अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ (शनिबार) सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।
यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ साउन २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र पाकिस्तानबीच निरन्तर तनाव
भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पाकिस्तानमा एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान