नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भष्टाचारीलाई कारवाही हुने हो भने पुराना पार्टीका औंलामा गन्न सकिने मात्र नेता बच्ने बताएका छन । देश भष्ट्राचारको दलदलमा रहेको बताउँदै लामिछानेले सुनकाण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्डको निस्पक्ष छानबिन हुँदा पुराना पार्टीका धेरै नेताहरु कारवाहीमा पर्ने बताए ।
शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले खराब र घुसिया नेता जो कोही भए पनि कारवाही हुनै पर्ने बताए । उनले भने, 'खराब नेता र नेतृत्वको पछि लागेर देश परिवर्तन हुदैन । देशले परिवर्तन खोजेको छ परिवर्तनका लागी सहि नेता र नेतृत्वको छनोट गर्नु पर्छ ।'
राष्ट्रिय स्वतन्त्र पार्टीले खराव र घुसिया नेता नराख्ने बताउँदै लामिछानेले रास्वापा भष्टाचारीहरुलाई पाल्ने नभई फाल्ने पार्टी भएको जिकिर गरे । पुरानो पार्टी तर्फ इंगित गर्दै लामिछानेले भने , 'भष्टाचारमा मुसिएकालाई पाल्न सक्दैन, रास्वपाले भष्टाचारीहरुलाई छानिछानी फाल्ने हो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने