नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भष्टाचारीलाई कारवाही हुने हो भने पुराना पार्टीका औंलामा गन्न सकिने मात्र नेता बच्ने बताएका छन । देश भष्ट्राचारको दलदलमा रहेको बताउँदै लामिछानेले सुनकाण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्डको निस्पक्ष छानबिन हुँदा पुराना पार्टीका धेरै नेताहरु कारवाहीमा पर्ने बताए ।
शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले खराब र घुसिया नेता जो कोही भए पनि कारवाही हुनै पर्ने बताए । उनले भने, 'खराब नेता र नेतृत्वको पछि लागेर देश परिवर्तन हुदैन । देशले परिवर्तन खोजेको छ परिवर्तनका लागी सहि नेता र नेतृत्वको छनोट गर्नु पर्छ ।'
राष्ट्रिय स्वतन्त्र पार्टीले खराव र घुसिया नेता नराख्ने बताउँदै लामिछानेले रास्वापा भष्टाचारीहरुलाई पाल्ने नभई फाल्ने पार्टी भएको जिकिर गरे । पुरानो पार्टी तर्फ इंगित गर्दै लामिछानेले भने , 'भष्टाचारमा मुसिएकालाई पाल्न सक्दैन, रास्वपाले भष्टाचारीहरुलाई छानिछानी फाल्ने हो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट