एजेन्सी । भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ।
गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्यो, जसभित्र पाँच जनाको शव भेटियो। मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन्।’
राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँनजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते