एजेन्सी । भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ।
गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्यो, जसभित्र पाँच जनाको शव भेटियो। मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन्।’
राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँनजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा