एजेन्सी । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।
पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्यूजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए ।
अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने बताए । शुक्रबार साँझ नै प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो ।
अर्कोतर्फ, पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार एक पत्र लेख्दै प्रधानमन्त्री शेहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको बारेमा निर्णय लिनु पर्ने स्मरण गराएका थिए । । अगस्त १२ गतेभित्र सदनमा नाम बुझाउनुपर्नेछ र यसबारे राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ साउन २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र पाकिस्तानबीच निरन्तर तनाव
भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पाकिस्तानमा एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान