एजेन्सी । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।
पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्यूजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए ।
अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने बताए । शुक्रबार साँझ नै प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो ।
अर्कोतर्फ, पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार एक पत्र लेख्दै प्रधानमन्त्री शेहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको बारेमा निर्णय लिनु पर्ने स्मरण गराएका थिए । । अगस्त १२ गतेभित्र सदनमा नाम बुझाउनुपर्नेछ र यसबारे राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ साउन २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु