एजेन्सी । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु¥याएको छ ।
भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।
चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।
चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ । चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ साउन २०८०, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम