काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा छलफल भएको छ । शुक्रवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्त्वपूर्ण छलफल भएको हो ।
छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्त्वपूर्ण छलफल भएको छ । यसका निम्ती साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए । प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिए ।
छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री प्रचण्ड
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री प्रचण्ड
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
संसद्मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)