काठमाडौ । राष्ट्रियसभा बैठक शुक्रबार बस्दैछ। बिहान ११ बजे बस्ने गरी तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउनेछन् ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराउनेछन् भने बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुनेछ ।
यद्यपि एमालेले सुन प्रकरणमा आयोग बनाउन माग राख्दै आएकाले सहमति नभएमा बैठक अवरुद्ध हुनसक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने