हेटौंडामा एक डेंगु संक्रमितको निधन

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, २० : २२
हेटौंडामा एक डेंगु संक्रमितको निधन

काठमाडौं । मकवानपुरको हेटौंडामा डेंगु संक्रमणबाट आज एक जनाको निधन भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। बुधबार मात्रै थप उपचारका लागि भरतपुर लगिएकोमा उनको उपचारको क्रममा बिहीबार ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस