नेप्से ५ अंकले बढ्यो, कारोबार रकम दुई अर्बमाथि

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १५ : २६
नेप्से ५ अंकले बढ्यो, कारोबार रकम दुई अर्बमाथि

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेको छ । नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ ।बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ५५ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजारको कारोबार भएको छ ।

नेप्से बढेसँगै बिहीबार ८ वटा उपसूचका हरियाली छाएको छ भने बाँकीका ५ उपसूचकमा रातो पोतिएको छ ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.६७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसूचक भने सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस