हाइड्रोजन पावर प्लान्ट स्थापना गर्दै विद्युत् प्राधिकरण

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १५ : १५
हाइड्रोजन पावर प्लान्ट स्थापना गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ ।कार्यकाल सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा  प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । छिमेकी मुलुक भारतमा समेत निजी समूह अडानी ग्रुपले हाइड्रोजन पावर प्लान्ट स्थापना गरिसकेको छ ।

यस्तै जापानमा हाइड्रोजनबाट चल्ने सार्वजनिक सवारीको सफल परीक्षण सम्पन्न भइसकेको छ । हरित हाइड्रोजनले अन्य प्रकारका जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसबाट प्रदान हुने शक्तिसमेत अधिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस