मोबाइल एप्लको सहायताले डॉडामा पानि पुगेपछी ...

विहीबार, ०६ पुस २०७४, १९ : ०८
मोबाइल एप्लको सहायताले डॉडामा पानि पुगेपछी ...

म्याग्दी । मोवाइल एप्सको प्रयोगबाट विभिन्न सूचना, जानकारी लिन सकिने कुरा त जानकारीमा आएकै हो । तर, म्याग्दीमा भने मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ समेत सञ्चालन गरिएको खबर छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका छन् ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो । धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन् । उनले यसअघि लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस