मेलबर्न कार हमला ‘आतंकवादसँग असम्बन्धित’

एजेन्सी

विहीबार, ०६ पुस २०७४, १९ : ००
मेलबर्न कार हमला ‘आतंकवादसँग असम्बन्धित’


मेलबर्न । मेलबर्नमा पैदलयात्रुहरुमाथि नियोजितरुपमा कार चलाउने व्यक्ति मानसिक समस्या भएका एक लागुऔषध दुर्व्यसनी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अफगानी मुलका ३२ वर्षीय पुरुषको हालसम्म उनको कुनै आतंकवादी संगठनसँग सम्बन्ध नरहेको पाइएको भिक्टोरिया प्रहरीले जनाएको हो ।
सहरको मध्य भागमा रहेको फ्लिन्डर्स स्ट्रीटमा रहेको व्यस्त चोकमा पैदलयात्रुहरुलाई कारले ठक्कर दिएको थियो । घटनापछि मेलबर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
घटनामा पक्राउ परेका अन्य २४ वर्षीय युवकको घटनासँग कुनै सम्बन्ध नरहेको पनि प्रहरीले जनाएको छ ।
घटनामा १४ जना घाइते रहेको र धेरैको अवस्था गम्भिर रहेको बताइएको छ ।

सेतो रङ्गको एसयुभीले स्थानीय समय अनुसार साढे चार बजे उक्त घटना घटाएको थियो । प्रत्यक्षदर्शी जिम स्टुपासका अनुसार एसयुभीले सिधै आएर पैदालयात्रुहरुलाई ठोकेको थियो । गाडीका चालकले ब्रेक लगाउने वा अन्यत्र मोड्ने प्रयास गरेनन् ।
‘लगत्तै पाँचदेखि आठ जनालाई मैले भुइँमा ढलेको देखेँ । लगत्तै प्रहरी त्यहाँ आइपुग्यो । यो निकै चाँडो चाँडो घट्यो,’ उनले भने ।
घाइते मध्येमा एक जना स्कूले बालक पनि रहेका छन् ।
अर्का प्रत्यक्षदर्शी रलाचाल्न डिले हेराल्ड सनसँग कुरा गर्दै घटना करिब १५ सेकेण्डमा सकिएको बताए ।
प्रधानमन्त्री माल्कम टर्नबिलले यसबारे अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस