एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, १३ : २४
एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक

बुटवल । पहिरो खसेर मंगलबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा(बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि सडकमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारी साधन बाटोमै रोकिएका थिए । सिद्ध बाबा सुरुङ मार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि राजमार्ग बिहानैदेखि अवरुद्ध भएको थियो ।

सिद्ध बाबा सुरुङ मार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा खसेको पहिरो पन्छाउन  मेसिनले सहयोग गरेकाले छिट्टै एकतर्फी सञ्चालन गर्न सकिएको  प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस