पोखरामा नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, १२ : ४१
पोखरामा नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रबर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहाल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरू गरी करिब १०० जनाले सहभागिता रहेको थियो ।

 

पोखराको बाराहीघाटबाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोक हुँदै करिब १० किलोमिटरको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा पुगेर र्‍यालीको समापन गरिएको थियो ।साइकल र्‍यालीबाट बीमा सचेतना प्रबर्द्धनमा टेवा पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस