पहिरोले घर बगाउँदा ५ जना बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, ०९ : ०८
पहिरोले घर बगाउँदा ५ जना बेपत्ता

File pic

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका-५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार राति गएकाे पहिरोले एक घर बगाउँदा ५ जना बेपत्ता भएका हुन् ।

पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस