काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग,न्युयोर्कका लागि नेपालको राजदूत र स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत रस्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।
त्यस्तै पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत दान बहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मल राज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान