ममाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छु : ल्हारक्याल लामा

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, २१ : २८
ममाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छु : ल्हारक्याल लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकास कोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेक हुन् ।

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक दोहोर्याए । उनले भने, ‘हुँदै नभएको र गर्दै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाइँमै जितेर आएको मान्छे हुँ । बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छु भने ममाथि लगाइने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटै गर्नेछु । लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गरे । त्यसक्रममा उनले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस