सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खस्दा ३ जना घाइते

सफल खबर संवाददाता

सोमबार, २२ साउन २०८०, १० : २४
सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खस्दा ३ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । 

तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थामा माथिबाट एक्कासि ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस