डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकपको अन्तिम १६ बाटै बाहिरियाे

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, २० : ३६
डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकपको अन्तिम १६ बाटै बाहिरियाे

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अमेरिका अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको छ ।

अमेरिका पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५–४ ले पराजित हुँदै जारी महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको हो ।निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । १२० मिनेटको खेलमा पूरै समय स्वीडेनमाथि दबाब बनाए पनि गोल गर्नबाट चुक्दा अमेरिका पराजित भयो । विजेता स्वीडेनले क्वार्टरफाइनलमा अब एसियाली पावरहाउस जापानसँग खेल्नेछ ।

यसअघि आइतबारै भएको अर्को खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याण्डस् जारी महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८औं मिनेटमा गोल गरे ।

समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भएपनि दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन । नेदरल्याण्ड्सले अव क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ । स्वीट्जरल्याण्डलाई ५–१ ले पराजित गर्दै स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस