काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव संकलन गर्ने भएको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरि नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव संकलन गरिने भएको छ ।
पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव संकलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव संकलन गरिने निक्र्यौल भने भइसकेको छैन ।
महामन्त्री मुकुल ढकालका अनुुसार भौगोलक र समुदाय फरक पर्ने गरि ५१ स्थानबाट सुझाव संकलन गरिने भएको छ । सुझाव संकलनका क्रममा स्थानीयबासिन्दासँग अन्तक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।
सुझाव संकलन गरिने स्थान छनोट गर्दा एउटै जिल्लाका दुई ठाउँ नहुने गरि ५१ गाउँ चयन गर्ने तयारी गरिएको छ । भौगोलिक र समुदायमा विविधता हुने गरि ठाउँ निश्चित गर्ने जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्मेवारी दिइएको छ ।
सुझाव संकलनका लागि खटिँदा टोलीका सदस्य आफ्नो गृह क्षेत्रमा भने जान पाउने छैनन् । ‘दस्तावेज तयार गर्नका लागि एक चरणको कार्य प्रतिनिधिमण्डलले सकेको छ । राजनीतिक धारणा र पार्टीको नीतिको बारेमा हामीहरु विच छलफल भइसकेको छ,’ दस्तावेज तयारी समितिका एक सदस्य गणेश कार्कीले हालसम्मको कार्यबारे भने, ‘हामीले बनाएको दस्तावेजमा नागरिकको धारणा बुझ्न गाउँ जादैछौं ।’
‘नयाँ युगको संकल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डल सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । तीन गाउँ पुग्नुपर्ने भएकाले १५ दिनको अवधि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध